खानेपानी उपभोक्ता समितिका समस्या समाधानका लागि सरकार गम्भीरः खानेपानी मन्त्री



काठमाडौं । खानेपानी मन्त्री बिना मगरले खानेपानी उपभोक्ता समिति बिना खानेपानीका पूर्वाधारको विकास सम्भव नभएको बताएकी छन् ।

राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको पाँचौ बार्षिक साधारण सभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री मगरले खानेपानी आयोजना सञ्चालनका लागि उपभोक्ताहरुको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

उनले पछिल्लो समय उत्पन्न भएका खानेपानी उपभोक्ता समितिहरुका समस्या समाधानका लागि सरकार गम्भीर रहेको समेत बताइन् ।

कार्यक्रममा राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव रामचन्द्र उपाध्यायले उपभोक्ता समितिले निर्माण गरेका करिब ९० वटा सहरी आयोजनाहरु नमूना आयोजनाको रुपमा स्थापित भएका भन्दै उपभोक्ताहरुको विश्वास बढेको बताए ।

उनले आयकर, भ्याट लगायतका विषय र विद्युत महसुलमा सरकारले सिचाईं सरहलाई दिने सहुलियत नदिँदा परियोजना सञ्चालनमा समस्या आउने गरेको गुनासो गरे ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका सांसद खगराज अधिकारीले खानेपानी विस्तारका लागि सडक भत्काउने तर नबनाउने प्रवृति रहेकाले त्यसमा सचेत रहन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भूपरिवेष्टित राष्ट्रलाई वित्तीय तथा प्राविधिक सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र

अधिकार, जनशक्ति र बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकेको विभिन्न आयोगका पदाधिकारीको गुनासो

काठमाडौं । विभिन्न आयोगका पदाधिकारीहरुले पर्याप्त अधिकार, जनशक्ति र बजेटका अभावका कारण परिणाममुखी

बझाङ घटनालाई राज्यले चुनौतीका रुपमा लिनुपर्छः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई

नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको विरोधमा नेविसंघको प्रदर्शन

काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा समेटिएको पुस्तक बितरणमा रोक लगाएको भन्दै नेविसंघ