नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा जारी, यस्ता छन् एजेण्डा



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक सुरू भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्वाराहीमा बैठक सुरू भएको हो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वस्थताका कारण उपस्थित भएका छैनन् ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली आराम गरिराखेका छन् । आइतबार नै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेण्डा तय गरेको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यो प्रतिवेदन अर्का अध्यक्ष ओलीसँगको परामर्शमा तयार पारिएको बताइएको छ ।

केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल-भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा स्थायी कमिटीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । यसअघि आज विहान पार्टीको सचिवालय बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
७० दिन चलेको हिउँदे अधिवेशनबाट जम्मा तीन विधेयक पारित, सभामुख भन्छन्-उपलब्धिमूलक !

  काठमाडौँ । सभामुख देवराज घिमिरेले तुलनात्मक रुपमा अघिल्ला अधिवेशनभन्दा प्रतिनिधिसभाको तेस्रो अधिवेशन

संसदको चालु अधिवेशन आज मध्यरातिदेखि अन्त्य

काठमाडौंं । संघीय संसदको हिउँदे तेस्रो अधिवेशन आजराति १२ बजेदेखि लागु हुने गरी

यत्रो कर्मचारीतन्त्र यो डिजिटल युगमा जरुरी छैन

नेपालगञ्ज  ।  हाल अभ्यासमा रहेका राजनीतिक व्यवस्थामध्ये सबैभन्दा उत्कृष्ट व्यवस्था नै संसदीय शासन

एकीकृत समाजवादीबाट उपनिर्वाचनका लागि झलनाथ खनाल र गरिमा शाह चुनावी कमाण्डर

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यही वैशाख १५ गते हुने उपनिर्वाचनलाई दृष्टिगत