सचिवालय बैठकले गर्यो स्थायी कमिटीमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूची तय



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको सचिवालय बैठकले स्थायी कमिटीमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ । ओली र दाहाल परामर्श गरेर राजनीतिक प्रतिवेदन तयार भएको थियो ।

त्यसैगरि केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ । प्रवक्ता श्रेष्ठले नेपाल भारत सीमा समस्या र अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तिव्र सुधार भइरहेको जानकारी गराएका थिए । सचिवालय बैठकले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीले पार्टी सदस्यको सदस्यता परीक्षण गर्ने

  काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरुको

युवा पलायन रोक्न देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ : सांसद यादव

काठमाडौँ । अहिले वैदेशिक रोजगारीमा जाने युवाको ताँती छ । युवा पलायन रोक्न

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको