सचिवालय बैठकले गर्यो स्थायी कमिटीमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूची तय



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डाहरु तय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको सचिवालय बैठकले स्थायी कमिटीमा विधान संशोधनको एजेण्डा प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको छ । ओली र दाहाल परामर्श गरेर राजनीतिक प्रतिवेदन तयार भएको थियो ।

त्यसैगरि केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ । प्रवक्ता श्रेष्ठले नेपाल भारत सीमा समस्या र अन्य विविध विषयमा पनि बैठकमा छलफल हुने बताए ।

बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा तिव्र सुधार भइरहेको जानकारी गराएका थिए । सचिवालय बैठकले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा तीन  जनालाई नियुक्त गरेको छ। सोमबार

गृहमन्त्री नियुक्तिबारे माओवादीको स्थायी कमिटी बैठकमा छलफल हुने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टीको सङ्गठनसम्बन्धी विषयमा छलफल भएको छ

परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री

‘राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेको सत्तापक्षका उम्मेदवारका लागि हो, कांग्रेस होइन’

विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा