सीमा अतिक्रमणविरुद्ध सनातन संस्कृति समाजले दवाव अभियान संचालन गर्ने



काठमाडौं । सनातन संस्कृति समाज नेपालको केन्द्रीय कमिटीको बैठक आइतबार काठमाडौंमा सम्पन्न भएको छ । समाजको संगठन विस्तार तथा भावी कार्ययोजना तयार गर्न बसेको बैठकमा सहभागी सबै केन्द्रीय सदस्यहरुले आ आफ्नो राय सुझाव राखेका थिए ।

बैठकले लिपुलेक लगायतका सीमा अतिक्रमणविरुद्ध सरकार गम्भीर नभएको भन्दै देशव्यापी दवाव अभियान संचालन गर्ने, भ्रष्टाचार विसंगतीविरुद्ध राष्ट्रिय अभियान संचालन गर्ने, माघ १५ गतेभित्र किराँत, बौद्ध, हिन्दू धर्म संस्कृति र परम्पराको सम्बन्धमा क्रमशः इलामको लारुम्बा, लुम्बिनी र जनकपुरमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाललाई धर्म निरपेक्ष राष्ट्रबाट सनातन हिन्दू राष्ट्र कायम गर्ने उद्देश्यका साथ एक वर्ष अघिदेखि सक्रिय समाजको केन्द्रीय अध्यक्षमा नेपाली कांग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराई र वरिष्ठ उपाध्यक्षमा राप्रपा संयुक्तका नेता रहेका तारानाथ लुइँटेल रहनु भएको छ ।

समाजले नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउन देशभर शाखा विस्तार गरी सरकारलाई विभिन्न माध्यमबाट निरन्तर दबाब दिंदै आएको छ । केही समयअघि राजधानीमा ठूलो प्रदर्शन गरी समाजले आफ्नो शक्ति प्रदर्शन पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।