सीमा अतिक्रमणविरुद्ध सनातन संस्कृति समाजले दवाव अभियान संचालन गर्ने



काठमाडौं । सनातन संस्कृति समाज नेपालको केन्द्रीय कमिटीको बैठक आइतबार काठमाडौंमा सम्पन्न भएको छ । समाजको संगठन विस्तार तथा भावी कार्ययोजना तयार गर्न बसेको बैठकमा सहभागी सबै केन्द्रीय सदस्यहरुले आ आफ्नो राय सुझाव राखेका थिए ।

बैठकले लिपुलेक लगायतका सीमा अतिक्रमणविरुद्ध सरकार गम्भीर नभएको भन्दै देशव्यापी दवाव अभियान संचालन गर्ने, भ्रष्टाचार विसंगतीविरुद्ध राष्ट्रिय अभियान संचालन गर्ने, माघ १५ गतेभित्र किराँत, बौद्ध, हिन्दू धर्म संस्कृति र परम्पराको सम्बन्धमा क्रमशः इलामको लारुम्बा, लुम्बिनी र जनकपुरमा राष्ट्रिय कार्यशाला गोष्ठी आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाललाई धर्म निरपेक्ष राष्ट्रबाट सनातन हिन्दू राष्ट्र कायम गर्ने उद्देश्यका साथ एक वर्ष अघिदेखि सक्रिय समाजको केन्द्रीय अध्यक्षमा नेपाली कांग्रेस विपीका अध्यक्ष हरिबोल भट्टराई र वरिष्ठ उपाध्यक्षमा राप्रपा संयुक्तका नेता रहेका तारानाथ लुइँटेल रहनु भएको छ ।

समाजले नेपाललाई सनातन हिन्दू राष्ट्र बनाउन देशभर शाखा विस्तार गरी सरकारलाई विभिन्न माध्यमबाट निरन्तर दबाब दिंदै आएको छ । केही समयअघि राजधानीमा ठूलो प्रदर्शन गरी समाजले आफ्नो शक्ति प्रदर्शन पनि गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केपी ओलीको दम्भ र अहंकार अझै हटेनः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी

ओलीलाई गगन थापाको जवाफः कुण्ठामा केवल सहानुभूति मात्रै हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नीति तथा कार्यक्रममाथि एमाले अध्यक्ष

नीति तथा कार्यक्रम सारहीनः पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा

निजगढ विमानस्थल बनाउन नदिने सर्वोच्चको फैसलाले विकासमा दूरगामी असर पर्छ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले निजगढ