दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने धरानका मेयर तिलक राईको प्रतिवद्धता



धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर तिलक राईले बुधबार पदभार ग्रहण गरेका छन् । विहान ११ बजे गणेशमान चौकस्थित गणेशमान सिंहको सालिकमा माल्यार्पण त हरियाली सामुदायिक वन परिसरमा रहेको पूर्वमेयर स्व. तारा सुब्वाको सालिकमा माल्यार्पण गरी पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहणसँगै उनले धरान उपमहानगरपालिकाको करको विषयमा उठेका कुरालाई आगामी नगरपरिषद्मा कर समायोजनको विषय लगि कर समायोजन गर्ने पहिलो निर्णय गरेका छन् । नेपाली काङ्ग्रेसले यस अघि कर बढेको विरोधमा उपमहानगरपालिका घेराउ नै गरेको थियो ।

पदभार ग्रहण गदैं नव नियुक्त मेयर राईले आफुले पार्टी र व्यक्तिगत एजेण्डा नभएर समग्र नगरवासीको एजेण्डा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले मंगलबार नेकपा निर्वाचन परिचालन कमिटीले कर समायोजन गर्न संसदीय समितिलाई दिएको निर्देशनको स्वागत गदैं पार्टीलाई धन्यवाद दिएका थिए ।

स्थानीय तहमा कुनै पक्ष र प्रतिपक्ष नहुने भन्दै उनले दलगत एजेण्डा भन्दा माथि उठेर जनताको काम गर्ने बताए । उनले निष्ठा र उमान्दारीतापूर्ण काम गर्नसमेत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमालेको प्रतिनिधि परिषद बैठकमा देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा उत्पन्न भएको निराशालाई तोड्नका लागि

कांग्रेसले भन्यो-गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय र क्रियाकलाप घोर आपत्तिजनक

काठमाडौं । नेपाली कांग्रेसले प्रदेश सरकार गठन गर्ने क्रममा गण्डकी र सुदूर पश्चिमका

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । अधिवेशनको पहिलो

कोसीका मुख्यमन्त्री कार्की विरूद्धको एमाले-माओवादीको संकल्प प्रस्ताव पारित

विराटनगर ।  कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ ।