कार्यकारी अध्यक्षको जिम्मेवारीपाएपछि प्रचण्डले पहिलो पटक बोलाए सचिवालय बैठक



काठमाडौँ । दुई अध्यक्षको जिम्मेवारी तयभएपछि सत्तारुढ नेकपाको पहिलो सचिवालय बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ९ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्दैछ ।

बैठकको अध्यक्षता पुष्पकमल दाहालले गर्नेछन् । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारको शिलशिलामा अस्पतालमै रहेकाले उनी बैठकमा सहभागी हुने छैनन् ।

प्रधानमन्त्री ओलीसँग सहमति लिएर दाहालले सचिवालय बैठक बोलाएका हुन् । मंगलबार सचिवालयका अन्य नेताहरुसँग पनि दाहालले छलफल गरेका थिए । मंसिर ४ को सचिवालय बैठकले कार्यकारी भूमिकासहित पार्टी सञ्चालनको जिम्मेवारी दिएपछि दाहालको अध्यक्षतामा बस्न थालेको यो पहिलो बैठक हो ।

बैठकमा उपनिर्वाचनको समीक्षा, स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक र नेता कार्यकर्तालाई सक्रिय बनाउने गरी सातै प्रदेशमा अभियान सञ्चालन लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसमा साढे ४ लाख थपिए क्रियाशील सदस्य(प्रतिवेदनसहित)

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच

‘रवीन्द्र मिश्रको प्रस्तावबाट वैकल्पिक राजनीतिको सपना बोकेका युवा सतर्क रहून्’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताको वलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीका विरूद्ध कसैले

रवीन्द्र मिश्रको प्रस्ताव गैरसंवैधानिकः अध्यक्ष बराम

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह