कास्कीमा निर्वाचनमा सरकारले धाँधली गरेको देउवाको आरोप



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्की क्षेत्र नम्बर दुईको निर्वाचनमा सरकारले स्थानीय प्रशासन लगाएर धाँधली गरेको लगाएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेस नेता स्वर्गीय भीमबहादुर तामाङको ७ औं स्मृति सभामा सभापति देउवाले सरकारले धाँधली गरेको आरोप लगाएका हुन् ।

उनले कास्कीमा निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउदै निर्वाचनमा प्रशासनलाई सरकारले कांग्रेस बिरुद्ध प्रयोग गरेको दाबी गरे । कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति भनाई थियो ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले जनता सरकारप्रति असन्तुष्ट रहेपनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समीक्षा हुनुपर्ने बताए । निर्वाचनको नतिजाले जनता सरकार सँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत भने देखिएको बताए । कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली जनतालाई सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला

माओवादी केन्द्रप्रति जनतामा आशा पलाएको छः प्रचण्ड

ढोरपाटन (बागलुङ)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी

लेखा समिति सभापतिले अमनलाल मोदीलाई भाइरल हुन यूट्यूबर लिएर आएको भनेपछि…

काठमाडौं । अरु दिनको जस्तै सार्वजनिक लेखा समितिको बिहीबारको बैठकमा पनि नेकपा माओवादी

मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि महासेनानीको पदावधि थप्ने लगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता