चीनको युनान प्रान्तका गभर्नर चेङ्फा नेपाल भ्रमणमा



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् ।

सोमबार काठमाडौंमा चीनको युनान प्रान्तका गभर्नर रुएन चेङ्फा नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री पुनले चीनले नेपालको जलविद्युत क्षेत्रको विकासमा लगानी विस्तार गर्दै लैजाने बताएका हुन् ।

उनले चीनको युनान प्रान्तले नेपालको जलविद्युत आयोजनाहरुमा गरेको लगानीको दायरा पनि फराकिलो हुँदै जाने नेपाल सरकारको अपेक्षा रहेको बताए । मन्त्री पुनले गभर्नर चेङफालाई नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्य गर्न आग्रह गरे ।

युनान प्रान्तका गभर्नर चेङफाले पनि नेपालको पर्यटन, कृषि, शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पनि सहकार्यका साथ काम गर्ने इच्छा व्यक्त गर्नु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय समस्या समाधानमा एकीकृत समाजवादीले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ : अध्यक्ष नेपाल

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय समस्या समाधानमा एकीकृत

रास्वपाको संसदीय दलको बैठक स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबारका लागि तय भएको संसदीय दलको बैठक

ओलीलाई बालेनको प्रश्नः सुकुम्बासीलाई अझै अर्को ३० वर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले

कांगेसले भन्यो-अब संविधानको धारा ७६ को (२) बमोजिम नयाँ सरकार गठन हुन्छ

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीच नयाँ