अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्ष थपलिया पक्राउ



काठमाडौं । शुल्क बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्ष गोविन्द थपलियालाई प्रहरीले पक्राउ गरेको छ ।

शुल्क बृद्धि फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीले क्याम्पस प्रमुखलाई क्याम्पस प्रवेशमा निषेध गरेका थिए । तर क्याम्पस प्रमुख प्रदीपबहादुर न्यौपाने जवर्जस्ती क्याम्पस प्रवेश गर्न खोज्दा धरपकड भएको थियो ।

त्यसपछि अनेरास्ववियुका अध्यक्ष थपलियालाई प्रहरीले पक्राउ गरेको अखिलका नेता भुवन आचार्यले जानकारी दिएका छन् । त्यस्तै प्रहरीले अनेरास्ववियुका नेता मनराज थापालाई पनि पक्राउ गरेको छ ।

उनीहरुलाई दरबारमार्गस्जित प्रहरी चौकीमा राखिएको छ । क्याम्पस प्रशासनले एकलौटी रुपमा बिएससी प्रथम बर्ष २०७६ ७७ को नयाँ शुल्क ६ हजार ६ सय १५ रुपैयाँबाट बढाएर १४ हजार २० रुपैयाँ बनाएको थियो । उक्त शुल्कको बिरोध अनेरास्ववियू त्रि चन्द्र क्याम्पस कमिटीले गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार