नेपाली काङ्ग्रेसद्वारा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न आयोगको ध्यानाकर्षण



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

काङ्ग्रेसको ‘उपनिर्वाचन–२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति’ले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगद्वारा जारी निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्नु सबै पक्षको दायित्व र कर्तव्य भएको जनाएको छ ।

मुलुकका ३७ जिल्लाका ५२ स्थान (प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक, वडा अध्यक्ष ४३) मा उपनिर्वाचन हुँदैछ । समितिका संयोजक रमेश लेखकले पछिल्लो समय निरन्तर आचारसंहिता विपरीत सत्ताको दुरुपयोग गरी उपनिर्वाचनलाई प्रभावित गर्ने काम भइरहेको आरोप लगाए ।

लेखकले आचारसंहिता विपरितका गतिविधि भविष्यमा नदोहोर्याउन सचेत गराए । निर्वाचन आयोगले गत कात्तिक ८ गतेदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

समितिले यसअघि गत कात्तिक २९ गते प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तसँग भेटघाट गरी आचारसंहिता उल्लङ्घनका घटना तत्काल रोक्न र भविष्यमा आचारसंहिताको कडाइ साथ कार्यान्वयन गर्न लिखित ध्यानाकर्षणसमेत गराएको समिति संयोजक लेखकले जानकारी दिए ।

निर्वाचन आयोगले मङ्सिर १ गते आचारसंहिताको पालना र कार्यान्वयनका सम्बन्धमा प्रेस विज्ञप्तिमार्फत सबै सरोकारवाला पक्षलाई निर्देशसमेत गरेको थियो ।

काङ्ग्रेसले पार्टीका केन्द्रीय सदस्य लेखकको संयोजकत्वमा केन्द्रीय सदस्य सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य तथा पार्टीका सचिव अधिवक्ता केशव रिजाल सदस्य–सचिव रहेको समिति गठन गरेको छ ।

उपनिर्वाचन हुने ३७ वटै जिल्लामा पार्टीका जिल्ला कार्यसमितिका निर्वा्चित सचिवको संयोजकत्वमा नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानून व्यवसायी सङ्घ (डिएलए) का जिल्ला अध्यक्ष र एक महिलासहित पाँच जना रहने अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभा संचालनका लागि सत्ता–प्रतिपक्षबीच २ बुँदे सहमति, रास्वपाको विमति

काठमाडौं । सत्तापक्ष र विपक्षीबीच प्रतिनिधिसभाको अवरोध अन्त्य गरी बैठक सुचारु गर्ने सहमति

कांग्रेस केन्द्रीय समिति बैठक असार १५ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले

अब नेपाल रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छः प्रधानमन्त्री ओली

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने

‘भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भएपनि कानुनी कठघरामा आउँछन् भन्ने अन्तर्राष्ट्रिस्तरमा विश्वास दिलाउनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाका सदस्य गंगाकुमारी बेलबासेले भिजिट भिसा प्रकरणको अध्ययन गर्न उच्चस्तरीय छानबिन