भक्तपुरका मतदाताको मन जित्दै साझाका सुरज प्रधान



काठमाडौँ । साझा पार्टीको सुसंस्कृत राजनीति समतामुलक समृद्धिको मूल लक्ष्यमा आवद्ध भएका सुरज प्रधान अहिले भक्तपुर क्षेत्र नम्बर १ (क) का उमेद्वारका रुपमा जनता सामु प्रस्तुत भएका छन् । गत साता साझा पार्टीले सुरजलाई औपचारिक रुपमै उमेदवार घोषणा गरेदेखि उनको दैनिकी अलि बदलिएको छ ।

उनी बिहानदेखि बेलुकीसम्मै मतदाताको घर घरमा पुगी रहेका छन् । चाहे भेटघाटको सिलसिलामा होस् या घर दैलो अथवा कोण सभा या कुनै सामुदायिक समरोहमा सहभागिता उनी भेटिएका मतदाता सामु आफना प्रस्ट प्रतिबद्धता, धारणा, पार्टीको विचार र बिकृति विसंगति र भ्रस्टाचार बिरुद्धको आवाज ओकली हाल्छन् ।

को हुन् सुरज प्रधान ?

सुरज भक्तपुर दुवाकोटका बासिन्दा हुन् । प्रधान २८ वर्षको युवा हुन् । विदेशबाट उच्च शिक्षा हासिल गरेर नेपाल फर्किएपछि उनी उद्यमी समाज निर्माणमा होमिए, समाजसेवी बने, वातावारणवादीको छबि बनाए । समाजमा केहि गर्ने पर्छ भन्ने युवाहरुको माझ लोकप्रिय बन्दै गए । उनको हुटहुटी समाजसेवाले मात्रै पुरा हुदैन भन्ने उनलाई थाहा थियो मौका आयो, साझा पार्टीको जन्म भयो । उनी साझा पार्टीमा होमिए । पार्टीले उनलाई विश्वास गर्यो, उनी साझा पार्टी भक्तपुर जिल्ला संयोजक बने ।

उनी प्रदुषणमुक्त वातावरणको एकजना अभियानकर्ता मात्रै हैनन् आफैँ वातावरणमैत्री ईट्टा उत्पादनमा उदाहरणीय बनेका एक सफल उद्धमी पनि हुन् । उनी भन्छन् “ म इमानदार र सक्षम राजनीतिको प्रतिक बनेर देश रूपान्तरणको संवाहक बन्न चाहन्छु। तर मलाई तपाईंको साथ चाहिन्छ। म निर्वा्चित भएको खण्डमा जनप्रतिनिधि भए बापत प्राप्त हुने पुरै तलब आफ्नो निर्वाचन क्षेत्र भित्र कल्याणकारी गतिविधीमा खर्च गर्नेछु। युवाले नै राजनीतिक परिवर्तनको नेतृत्व गर्न सक्छन् भन्ने विश्वासका साथ म पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टताको खम्बामा उभिएर एकै पुस्तामा देश रूपान्तरणको लक्ष्य बोकेको साझा पार्टीमा सामेल भएको हुँ।“

इमानदार युवा उमेदवार भोट माग्दै आउँदा मतदाता खुशी

मतदाताको मन र मत परिवर्तन गर्न गारो छ भन्ने सुरजलाई थाहा छ । तर जहाँ जहा उनी भोट माग्दै पुगे, मतदाताको माया र हौसला पाएर उनी झन् खुशी बनेका छन् । एक जना सक्षम युवा, देशमै केहि गर्नेपर्छ भन्दै सरल, सिस्ट र स्पस्ट रुपमा जनता माझ प्रस्तुत हुदा मतदाताहरुले उनलाई सुभकामना आशिष र भोट दिने विश्वास दिलाएका छन् ।

मतदाता हरु नया विकल्पका लागि तयार छन् अहिले माया दिएका छन् १४ गते भोट दिने छन् भन्नेमा मा बिस्वस्त छु, उनी भन्छन ’ मतदाताको भोट खेर जान दिन्न’ । सुरजको चुनाबी अभियानको अग्र दस्तामा बसेर नेतृत्व गरि रहेकी साझा पार्टी प्रदेश नम्बर ३ कि संयोजक समीक्षा बाँस्कोटा सुरजको व्यक्तित्तव, भिजन, जनताको बदलिदो सोच, विकल्पको खोजि र साझा पार्टीको सुसंस्कृत राजनीतीको बहारका कारण सुरजले राम्रो मत लिएर चुनाब जित्ने विश्वास व्यक्त गर्छिन् ।

’ भक्तपुरेहरुले राम्रो उमेद्वार पाएका छन्, एक कुशल, इमान्दार र जनता माझ लोकप्रिय युवा उमेदवारले नजिते कसले जित्छ ? जनताको मन जितेका सुरजले मत पनि जित्छन् कि जित्दैनन् त्यो भने चुनावी परिणाम सम्म कुर्नेपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

एमाले र कांग्रेसको समीकरण बन्न सक्दैनः अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थसिद्धिका

बागमतीमा ४ दलबीच ५ बुँदे सहमति, हानेपाबाट बज्राचार्य बने मन्त्री

हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यले पद तथा गोपनियताको शपथ लिएका

इलाम-२ मा मिलन लिम्बूलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन