राप्रपा र राप्रपा लोकतान्त्रिकबीच चुनावी टक्कर



पाँचथर । कमल थापको नेतृत्वमा रहेको राप्रपा  र लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा लोकतान्त्रिकबीच उपनिर्वाचनको क्रममा टक्कर चलेको छ ।

फिदिम नगरपालिका वडा नं १ अध्यक्ष पदका लागि राप्रपा लोकतान्त्रिकले दिएको उम्मेद्वारी विरुद्ध राप्रपाले उजुरी नै दिएको थियो ।

राप्रपा लोकतान्त्रिकको उम्मेद्वारी किर्ते भएको भन्दै राप्रपाले दर्ता गरेको उजुरी निर्वाचन आयोगले बदर गरिदिएको थियो । जसकारण राप्रपा लोकतान्त्रिक चुनाव चिन्ह साँढे गोरु लिएर चुनावमा होमिएको छ भने राप्रपा नेपालको चिन्ह गाई छ ।

निर्वाचन आयोगले आवश्यक छानविनपछि राप्रपा लोकतान्त्रिकको उम्मेद्वारीलाई कायम गरेको हो ।

बुद्ध राष्ट्रको वकालत गर्ने राप्रपा लोकतान्त्रिकका तर्फबाट वडा अध्यक्षमा जानुका थाम्सुहाङ सशक्त उम्मेद्वारको रुपमा खडा छन् ।

उस्ताउस्तै देखिने चुनाव चिन्हका कारण राप्रपा लोकतान्त्रिकले आफ्नो भोट काट्ने भन्ने राप्रपा नेपालको दावी छ । अर्कोतर्फ राप्रपा नेपालले आफ्नो भोट लाने भन्दै राप्रपा लोकतान्त्रिकले चिन्ता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल विजयी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् ।

प्रधानमन्त्रीद्वारा सिचुवान प्रान्तका सेक्रेटरीसँग भेटवार्ता

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छेन्दुमा चिनियाँ कम्युनिष्ट

अर्थ समितिको कार्यविधि स्वीकृत

काठमाडौँ । अर्थसमितिको कार्यविधि स्वीकृत भएको छ । मस्यौदामाथि दफावार छलफलपछि समितिको शुक्रबारको

प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु भ्रमणमा

छेन्दु । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुगेका