राप्रपा र राप्रपा लोकतान्त्रिकबीच चुनावी टक्कर



पाँचथर । कमल थापको नेतृत्वमा रहेको राप्रपा  र लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा लोकतान्त्रिकबीच उपनिर्वाचनको क्रममा टक्कर चलेको छ ।

फिदिम नगरपालिका वडा नं १ अध्यक्ष पदका लागि राप्रपा लोकतान्त्रिकले दिएको उम्मेद्वारी विरुद्ध राप्रपाले उजुरी नै दिएको थियो ।

राप्रपा लोकतान्त्रिकको उम्मेद्वारी किर्ते भएको भन्दै राप्रपाले दर्ता गरेको उजुरी निर्वाचन आयोगले बदर गरिदिएको थियो । जसकारण राप्रपा लोकतान्त्रिक चुनाव चिन्ह साँढे गोरु लिएर चुनावमा होमिएको छ भने राप्रपा नेपालको चिन्ह गाई छ ।

निर्वाचन आयोगले आवश्यक छानविनपछि राप्रपा लोकतान्त्रिकको उम्मेद्वारीलाई कायम गरेको हो ।

बुद्ध राष्ट्रको वकालत गर्ने राप्रपा लोकतान्त्रिकका तर्फबाट वडा अध्यक्षमा जानुका थाम्सुहाङ सशक्त उम्मेद्वारको रुपमा खडा छन् ।

उस्ताउस्तै देखिने चुनाव चिन्हका कारण राप्रपा लोकतान्त्रिकले आफ्नो भोट काट्ने भन्ने राप्रपा नेपालको दावी छ । अर्कोतर्फ राप्रपा नेपालले आफ्नो भोट लाने भन्दै राप्रपा लोकतान्त्रिकले चिन्ता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मल आपूर्ति तथ्य र आवश्यकताका आधारमाः कृषिमन्त्री

काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले रसायनिक मलको समस्या सधैंको लागि अन्त्य भएको

प्रचण्ड–नेपाल समूहलाई सरकारको नेतृत्व गर्न दिने विषयमा सकारात्मक हुन सकिन्छः रामचन्द्र पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन

प्रधानमन्त्री ओली र विप्लवले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका महासचिव विप्लव

संसदमा पार्टीको भूमिका तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । संसदमा पार्टीको भूमिकाबारे रणनीति तय गर्न नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज