राप्रपा र राप्रपा लोकतान्त्रिकबीच चुनावी टक्कर



पाँचथर । कमल थापको नेतृत्वमा रहेको राप्रपा  र लाक्पा तामाङको नेतृत्वमा रहेको राप्रपा लोकतान्त्रिकबीच उपनिर्वाचनको क्रममा टक्कर चलेको छ ।

फिदिम नगरपालिका वडा नं १ अध्यक्ष पदका लागि राप्रपा लोकतान्त्रिकले दिएको उम्मेद्वारी विरुद्ध राप्रपाले उजुरी नै दिएको थियो ।

राप्रपा लोकतान्त्रिकको उम्मेद्वारी किर्ते भएको भन्दै राप्रपाले दर्ता गरेको उजुरी निर्वाचन आयोगले बदर गरिदिएको थियो । जसकारण राप्रपा लोकतान्त्रिक चुनाव चिन्ह साँढे गोरु लिएर चुनावमा होमिएको छ भने राप्रपा नेपालको चिन्ह गाई छ ।

निर्वाचन आयोगले आवश्यक छानविनपछि राप्रपा लोकतान्त्रिकको उम्मेद्वारीलाई कायम गरेको हो ।

बुद्ध राष्ट्रको वकालत गर्ने राप्रपा लोकतान्त्रिकका तर्फबाट वडा अध्यक्षमा जानुका थाम्सुहाङ सशक्त उम्मेद्वारको रुपमा खडा छन् ।

उस्ताउस्तै देखिने चुनाव चिन्हका कारण राप्रपा लोकतान्त्रिकले आफ्नो भोट काट्ने भन्ने राप्रपा नेपालको दावी छ । अर्कोतर्फ राप्रपा नेपालले आफ्नो भोट लाने भन्दै राप्रपा लोकतान्त्रिकले चिन्ता प्रकट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आन्दोलनलाई थप मजबुत बनाएर लैजाने राप्रपाको निर्णय

काठमाडौं । राप्रपा कार्यसम्पादन समितिको बैठकले आन्दोलनलाई निरन्तरता राख्ने निर्णय गरेको छ ।

प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नुपर्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी

हामी सरकारमा छौं तर सत्तामा छैनौंः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले

हङकङमा परराष्ट्रमन्त्री राणा र चीनका विदेशमन्त्री वाङबीच द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा छलफल

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको