जर्मनीको वामपन्थी पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा
काठमाडौं । जर्मनीको वामपन्थी पार्टीको प्रतिनिधिमण्डल काठमाडौं आइपुगेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको निमन्त्रणामा जर्मनीको द लेफ्ट (डी लिङ्के) पार्टीको प्रतिनिधिमण्डल काठमाडौंमा आइपुगेको हो ।
प्रतिनिधिमण्डलाई पार्टीका विदेश विभाग उपप्रमुख विष्णु रिजालले विमानस्थलमा स्वागत गरेका थिए । पार्टीको विदेश विभागको निमन्त्रणमा आएको प्रतिनिधिमण्डलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सचिवालय सदस्य, विदेश विभाग प्रमुख माधव नेपालसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए । कार्यक्रममा जर्मनको वामपन्थी पार्टीले पनि आफ्नो अनुभव आदान–प्रदान गर्नेछ।