राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु



काठमाडौँ । राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौँमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजले रत्नपार्कस्थित शान्ति बाटिकामा सत्याग्रह सुरु गरेको हो ।

सत्याग्रह आइतबार विहान नौ बजेदेखि सुरु भएको हो । यो मंसिर चार गते विहान नौ बजेसम्म चल्ने समाजका संयोजक हेमविक्रम सिलवालले जानकारी दिएका छन् ।

पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलको तस्वीर अंकित ब्यानरसहित सूरु गरिएको सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आबद्ध अगुवाहरुको सहभागिता रहेको छ ।

स्वतन्त्र नागरिक समाजले सत्याग्रहलाई सफल बनाइ मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सहयोग गर्न पनि सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारे चीनसँग महत्वपूर्ण छलफल भयोः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा अगाडि सञ्चालनमा

चीन भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीन भ्रमण सकेर शनिबार स्वदेश फिर्ता भएका

राजनीतिक नेतृत्व सुशासनका पक्षमा चुक्नु हुँदैन : सांसद चौधरी

काठमाडौँ । विद्यमान शासन व्यवस्थाप्रति पछिल्लो समय नागरिकस्तरबाट केही निराशा र गुनासो आउन

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल : परराष्ट्रमन्त्री साउद

छन्दु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री