हिंसा त्याग्न विप्लव समूहलाई नेम्वाङको आग्रह



झापा । नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा तत्काल आउन आह्वान गरेका छन् ।

झापास्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको साधारणसभालाई सम्बोधन गर्दै उनले हिजोका दिनमा संविधानसभामार्फत सबै विचारलाई अटाउन सकिने संविधान निर्माणमा विप्लव समूहसमेत लागेको भन्दै अहिले आएर आन्दोलनमा लाग्ने कार्य जायज हुन नसक्ने बताए ।

उनले भने, “आन्दोलन छाडेर शान्तिपूर्ण प्रक्रियामा आउनुहोस्, तपाईँहरुका भावना र चाहनालाई जनताबाट अनुमोदन गराएर चाहेजस्तै परिवर्तन ल्याउनुहोस् ।”

हतियार र हिंसाको राजनीति त्यागेर संसद्मा आउन र चाहेजस्तो परिवर्तन गर्न पाउने अवसरको उपयोग गर्न उनले आग्रह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भिजिट भिसाको दुरुपयोग गर्नेहरुमाथि कडा निगरानी गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका

निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रहः स्वदेशमै मल कारखानाजस्ता सरकारका प्राथमिकताका क्षेत्रमा लगानी गर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा खाद्यान्न सङ्कट र कठ्याङ्ग्रिदो चिसो बढेका बेला

राष्ट्रियसभा निर्वाचनमा राप्रपाले प्रदेश एकमा मात्र मतदान गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्यलाई

‘गठबन्धन सरकार जनताको सरोकारका सवालमा ज्यादा अनुत्तरदायी’

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषदले गठबन्धन सरकार राष्ट्र र जनताको सरोकारका