पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौतिः प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्याउन सम्बन्धित क्षेत्रका विज्ञहरुलाई आग्रह गरेका छन् ।

मंगलबारबाट चितवनको पर्यटकीय स्थल सौराहामा सुरु भएको नवौं विश्व रेञ्जर सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आर्थिक गतिविधि र पूर्वाधार निर्माणका कारण विश्वमा नै वन तथा जैविक विविधता संरक्षणमा चुनौति थपिएको उल्लेख गर्दै ती समस्या समाधानमा योगदान पुर्याउने गरी आवश्यक रणनीति तय गर्न वन विज्ञहरुलाई आग्रह गर्नु गरेका हुन् ।

उनले विकास र समृद्धिको नाममा हुने गरेका वनलगायतका प्रकृतिको विनाश रोक्न विज्ञहरुले विशेष ध्यान दिनुपर्ने स्पष्ट पारे । उनले वन्यजन्तु र वन पैदावरको चोरी सिकारी तथा अवैध व्यापार पनि विश्वमा समस्याको रुपमा देखिएको उल्लेख गर्दै त्यसको समाधानका लागि सम्बन्धित देशका सरकारहरुले विशेष योजना तय गर्नुपर्ने बताए ।

सरकार वन तथा वातावरण मन्त्रालय र अन्तराष्ट्रिय रेञ्जर फेडेरेशन (आईआरएफ) को आयोजनामा सुरु भएको सम्मेलन ५ दिनसम्म चल्नेछ । ७२ देशका वन क्षेत्रमा कार्यरत नीति निर्माता तथा विज्ञहरु सहभागी रहेको सम्मेलनले वन तथा जैविक विविधताको संरक्षणका लागि आवश्यक रणनीति तय गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा उपनिर्वाचनका उम्मेदवार घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि

एमालेले चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने

काठमाडौं । नेकपा एमालेले वैशाख दश गते हुने उपनिर्वाचनमा चितवन २ मा रामप्रसाद

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । केन्द्रीय

भूमिहीनका लागि भूमिव्यवस्थापन गर्ने काम पहिलो प्राथमिकता : मन्त्री श्रेष्ठ

काठमार्डां । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीन नागरिकको