अतिक्रमित भूमि फिर्ता हुन्छ, ढुक्क हुनुस्ः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता गरेका छन् । पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदुतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराए ।

‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ, प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता नायायणकाजी श्रेष्ठले भने‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’

बैठकमा प्रधानमन्त्री ओलीले द्धिपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाइसकेको छ । उता, भारतले पनि सो समस्या समाधानका लागि सचिव स्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलो नियन्त्रणमा सरकार असंवेदनशील भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डढेलोले गर्ने क्षति वर्षेनि बढिरहेको

बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार