अतिक्रमित भूमि फिर्ता हुन्छ, ढुक्क हुनुस्ः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता गरेका छन् । पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदुतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराए ।

‘यस बारेमा हाम्रो नयाँ दिल्लीस्थित राजदुतमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको छ, प्रधानमन्त्रीको भनाई उदृत गर्दै प्रवक्ता नायायणकाजी श्रेष्ठले भने‘ ती समस्या समाधानका लागि छिट्टै उचित कूटनीतिक संयन्त्रमार्फत् भारतसँग वार्ता प्रक्रिया अघि बढाइनेछ ।’

बैठकमा प्रधानमन्त्री ओलीले द्धिपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गरेका थिए ।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाइसकेको छ । उता, भारतले पनि सो समस्या समाधानका लागि सचिव स्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘घाटामा गइरहेको निगमलाई थप मर्का पर्ने गरी सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा अरुलाई किन ?’

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको

खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस, वैरागी मुख्यसचिवमा नियुक्त

काठमाडौँ । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्

मन्त्रालयहरु फुटाएर मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्ति रोक्न वरिष्ठ नेता पौडेलको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नो सुविधाका लागि मन्त्रालय

जैविक विविधता संरक्षणका लागि दृढताका साथ काम गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै