प्रधानमन्त्रीको आह्वानमा बालुवाटारमा सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सवदलीय बैठक सुरु भएको छ। सीमा अतिक्रमणबारे छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बाेलाएका हुन्।
बैठकमा प्रधानमन्त्री ओली, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई, नेकपाका नेता वामदेव गौतम लगायत सहभागी छन्।
त्यसैगरी, सीमाविदहरुलाई पनि सर्वदलीय बैठकमा बोलाइएको छ। अहिले बैठकमा सहभागी नेताहरुले आफ्नो धारणा राखिरहेका छन्।