कास्की २ मा काङ्ग्रेसले बनायो खेमराज पौडेललाई उम्मेदवार



काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।

पार्टीको बुधबार बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । प्रदेशसभा सदस्यको उम्मेदवारमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को क मा कृष्ण भँडेल, बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख)मा जीप शेरचन र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) केशव आचार्यको छनौट गरेको छ । स्थानीय तहका खाली विभिन्न पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पार्टीले यसअघि नै उम्मेदवार चयन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा