नेविसंघमा महिला सभापतिको खोजी



मुलुकको लोकप्रिय र पुरानो प्रजातान्त्रिक दल नेपाली काँग्रेसको विद्यार्थी फाँटको भातृ संगठन नेपाल विद्यार्थी संघमा नयाँ नेतृत्व चयन गर्ने रस्साकस्सी निकै बढेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनमा संघर्षमा आफ्नै खालको बलिदान गरेको र पार्टीको सबैभन्दा जुझारु र शक्तिशाली भातृ संस्था नेपाल विद्यार्थी संघमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहदा पहिलो पट्क महिला नेतृत्व स्थापित हुने कुराले पनि नेविसंघ र पार्टी पंक्तिमा नयाँ तरंग ल्याएको छ ।

स्थापनाकाल २०२७ देखि नै नेपाल विद्यार्थी संघ सधै पुरुष विद्यार्थीको नेतृत्वमा अघि बढ्दै आएको भए पनि यसपट्क भने महिला नेतृत्वमा नेविसंघ नेतृत्व चयन हुने चर्चाले विद्यार्थी संघ र पार्टीमा नै व्यापक्ता पाएको छ । नेविसंघकै ईतिहासमा पहिलो पटक महिला नेतृत्वको खोजी हुन थालेको छ ।

नयाँ अध्यक्षमा महिलाको खोजी हुदै गर्दा चर्चामा छन, राजधानीको नेविसंघको किल्ला मानिने पिके क्याम्पसका पूर्व नेतृहरु । पिके क्याम्पसमा स्ववियू सभापतिको कमाण्ड सफलतापूर्वक संहालिसकेका पूर्व विद्यार्थी नेतृहरुलाई नेविसंघको अध्यक्ष मनोनित गर्ने र उनीहरुलाई नै विद्यार्थी फाँटको जिम्मा दिने बिषयले अहिले पार्टीभित्र र विद्यार्थी फ्रन्टमा निकै चर्चा भैरहेको छ ।

नेविसंघका सम्भावित नयाँ सभापतिको चर्चामा रहने महिला नेतृहरुमा पिके क्याम्पसकी पूर्व स्ववियू सभापति बिनिता अधिकारी तथा अन्य नेतृ द्धय महेश्वरी कुँवर र कुष्णकुमारी बस्नेत रहेका छन ।

पार्टीले अनावश्यक हस्तक्षेप गरी संगठनलाई हठात नेतृत्वबिहिन बनाएको अवस्था र संगठनभित्रै उमेर हदको बिबाद लगायतका समस्या रहेकोले समाधान र विकल्पका रुपमा महिला विद्यार्थीलाई संगठनको नेतृत्व दिनुपर्ने आवाज संगठन र पार्टीभित्र घनीभूत रुपमा उठिरहेको छ ।

चर्चामा रहेका महिला नेतृहरु अधिकारी, कुँवर वा बस्नेतलाई नयाँ अध्यक्षको जिम्मेवारी दिदा संगठनमा एकता पनि कायम रहने, नयाँ ईतिहास पनि बन्ने र आम रुपमा नयाँ सन्देश जाने भएकोले पहिलो पट्क नेविसंघ महिला नेतृत्वमा अघि बढ्ने संभावना रहेको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समसामयिक विषयमा छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते

पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छः मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको

काँग्रेस-एमाले बीचको समीकरण विघटन हुँदैनः गृहमन्त्री लेखक

राजविराज । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र