राजपाले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आगामी मङ्सिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

राजपाको केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार बसेको बैठकले उपनिर्वाचनका लागि समाजवादीसँग चुनावी तालमेलका लागि अविलम्ब वार्ता गरी पहल थाल्ने निर्णय गरेको हो ।

उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरिएको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टीबीच पार्टी एकीकरणबारे पछिल्लो समय चर्चा र बहस हुने गरे पनि नेताहरुबीच औपचारिक छलफल हुनसकेको छैन । अनौपचारिक रुपमा पार्टी एकताका सन्दर्भमा छलफल चलिरहेको राजपाका एक नेताले जानकारी दिए ।

बैठकले राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका, २०७६ को दफा–६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’, भनी थप्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गगन थापा सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा निर्वाचित

काठमाडौं । विभिन्न देशका सांसदहरुको अन्तर्राष्ट्रिय सञ्जालको बोर्ड सदस्यमा नेपालका सांसद गगनकुमार थापा

राहत र उद्धारमा खटिन कार्यकर्तालाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ७७ जनाको मृत्यु, २७ जना

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

भक्तपुर । बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको

संसदको अवरोध खुलाउन पहल भइरहेको छः सभामुख

सिन्धुपाल्चोक । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा भएको अवरोध हटाउन औपचारिक र अनौपचारिकरूपमा पहल