राजपाले समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने



काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आगामी मङ्सिर १४ गते हुने विभिन्न तहको उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

राजपाको केन्द्रीय कार्यालय बबरमहलमा मंगलबार बसेको बैठकले उपनिर्वाचनका लागि समाजवादीसँग चुनावी तालमेलका लागि अविलम्ब वार्ता गरी पहल थाल्ने निर्णय गरेको हो ।

उपनिर्वाचनमा दिइने उम्मेदवारीको सम्बन्धमा निर्णय गर्नुपर्ने भएकाले उक्त निर्णय गर्नुभन्दा पूर्व समाजवादी पार्टीसँग अविलम्ब वार्ता गरी तालमेल गर्न पहल गर्ने निर्णय गरिएको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टीबीच पार्टी एकीकरणबारे पछिल्लो समय चर्चा र बहस हुने गरे पनि नेताहरुबीच औपचारिक छलफल हुनसकेको छैन । अनौपचारिक रुपमा पार्टी एकताका सन्दर्भमा छलफल चलिरहेको राजपाका एक नेताले जानकारी दिए ।

बैठकले राजपा नेपालको तदर्थ समिति गठन निर्देशिका, २०७६ को दफा–६ (ग) मा संशोधन गरी वाक्यको अन्त्यमा ‘प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तदर्थ समिति बढीमा ७१ सदस्यीय हुनेछ’, भनी थप्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म