धर्मलाई सत्तासँग जोडेर नहेरौंः उपप्रधानमन्त्री पोखरेल



काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले धर्मलाई सत्तासंग जोडेर नहेर्न आग्रह गरेका छन् । धापासीस्थित हरिहर मन्दिरमा आइतबार आयोजित कार्यक्रममा उनले श्री रामचरितमानस ग्रन्थको नेपाली अनुवाद ‘श्रीरामचरितमानस “तुलसी” नेपाली छाया अनुवाद’ को लोकार्पण गर्दै धर्म र सत्तालाई जोडेर विश्लेषण नगर्न आग्रह गरेका हुन् ।

सत्ताको सेवक बनेर धर्म चल्न नहुने भन्दै उनले समय अनुसार धर्मको परिस्कृत हुदै जानुपर्ने बताए । तपाईँ कम्युनिष्टहरु धर्म मान्नुहुन्न भन्ने गरेको स्मरण गर्दे उनले धर्म नागरिकको आस्था र विश्वास भएकाले कम्युनिष्ट सरकार वा कसैले पनि धर्ममाथि आघात पार्ने काम गर्न नहुने बताए ।

कार्यक्रममा संस्कृतिविद् डाक्टर जगमान गुरुङ्गले परापुर्वकालमा पनि देवताहरुले मिलेर श्रृष्टिको शासन चलाएको दृष्टान्त दिदै धर्मशास्त्रहरुबाट सिकेर शासन सञ्चालन गर्न राजनीतिक दलहरुलाई सुझाव दिए ।

उनले रामचरितमानस ग्रन्थ नेपालीमा अनुवाद हुनु नेपालीका लागि साह्रै खुसीको कुरा भएको बताए । अनुवादक आचार्य श्री तुलसीराम कँडेलले नेपाली भाषामा यसअघि पनि रामचरितमानस अनुवाद भएपनि सुद्ध, छन्दबद्ध र पद्यमा नभएकाले आफुले प्रयास गरेको बताए ।

अवधि भाषामा तुलसीलदाशद्वारा रचित श्रीरामचरितमानस सबै नेपालीहरुको पहुँचमा पुर्याउने उद्देश्यसाथ हरिहर सन्यास आश्रम देवघाटले जस्ताको त्यस्तै नेपाली अनुवादित श्री रामचरितमानस प्रकाशनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा