सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई भूमिसुधार मन्त्रीको निर्देशन



काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले मातहतका सबै जग्गाको रेकर्ड तत्काल चुस्तदुरुस्त बनाउन गुठी संस्थानलाई कडा निर्देशन दिएकी छन् ।

मन्त्री अर्यालले जनताको भावनासँग प्रत्यक्ष रुपमा जोडिएको गुठीको जग्गाको विवरण सबैले देख्नेगरी तत्काल रेकर्ड राख्न गुठी संस्थानलाई निर्देशन दिएकी हुन् ।

गुठी संस्थानको ५६ औं वार्षिकोत्सव समारोहको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली जनताको सबैभन्दा ठूलो सम्पत्तिको रुपमा रहेको जग्गाको रेकर्ड समेत राख्न नसकेको भन्दै गुठी संस्थान नेतृत्वको आलोचना गरिन् ।

उनले गुठीको जग्गामाथि चलखेल हुने गरेकाले त्यसको सत्यतथ्य बाहिर ल्याउन पनि गुठी संस्थानको नेतृत्वलाई सचेत गराइन् ।

उनले भनिन्, ‘जग्गाको हिसावले नेपालको सबैभन्दा धनी संस्थानको रुपमा रहेको गुठी संस्थानले आफ्नो मातहतमा रहेका सबै जग्गाको विवरण तुरुन्त चुस्तदुरुस्त बनाउन पर्छ,गुठीका जग्गा कति अतिक्रमित भयो, त्यसको रेकर्ड खैं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बालुवाटारमा सत्तागठबन्धनको कार्यदलको बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सरकारका न्यूनतम

प्रचण्डको व्यस्तताका कारण माओवादीको स्थायी कमिटी बैठक स्थगित

काठमाडौ । नेकपा माओवादी केन्द्रको आज बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित

सरकारमा सहभागी हुने मन्त्रीको नाम चयन गर्न माओवादी स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्धः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्