राष्ट्रपति र प्रधानमन्त्रीद्वारा छठको शुभकामना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् ।

छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धिका साथै मौलिक संस्कृतिको संरक्षणमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् । छठ पर्वले सामाजिक एकता प्रवद्र्धन तथा आपसी सद्भावलाई सुदृढ तुल्याउन महत्वपूर्ण योगदान पुग्न सकोस् भन्ने कामना राष्ट्रपतिले गरेकी छन् ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन् ।

“यो कृतज्ञता र प्रकाशको चाड हो । यो न्यानोपनको चाड हो । यो जीवनको र सृष्टिको चाड हो” उनले सन्देशमा भनेका छन्, “यो सम्पूर्ण सृष्टिप्रति सर्वा्धिक बढ्ता योगदान र गुण भएका सूर्यको स्तुति गर्ने चाड हो र यसले मानवीय भावनालाई वास्तविक अर्थमा व्यापक बनाउन मद्दत गर्ने चाड हो ।”

प्रधानमन्त्री ओलीले छठपर्वले मानव जीवनलाई उज्यालो तथा सुख समृद्धितर्फ जान उत्प्रेरित गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत

मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विनियोजन

समसामयिक विषयमा छलफल गर्न कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि जेठ ३ गते

पर्यटन क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजावाहक सवल हुनुपर्छः मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको कुल गार्हस्थ्य उत्पादनको