कश्मीरका जनतालाई आत्मनिर्णयको अधिकार दिनुपर्ने पाकिस्तानी राजदूतको माग



काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कश्मीरका जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन हुनुपर्नेमा दिएका छन् ।

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले बिहीबार दूतावासमा आयोजना गरेको ‘जम्मुकाश्मिर विवाद र पछिल्ला घटनाक्रम’ विषयको छलफलमा उनले दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि जम्मुकाश्मिर विवादको अन्त्य अपरिहार्य भएको बताए ।

उनले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावानुसार काश्मिरका जनताको आत्मनिर्णयको अधिकार कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायले प्रयास गर्नुपर्नेमा जोड दिए ।

राजनीतिक विश्लेषक सुरेन्द्र केसीले आणविक शक्ति राष्ट्र भारत र पाकिस्तानबीचको द्वन्द्वले दक्षिण एशियाको शान्ति, प्रगति र विकासमा अवरोध सिर्जना भएकाले वार्ताका माध्यमबाट सबै समस्याको समाधान हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा