उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाउन काङ्ग्रेसले बोलायो पदाधिकारी बैठक



काठमाडौं । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार बिहान पदाधिकारी बैठक बोलाएको छ ।

जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उनले बताए ।

बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न काङ्ग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए ।

यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै यी कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।

सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा