राष्ट्रपति र प्रधानमन्त्रीद्वारा नेपाल संवत्को शुभकामना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् ।

“नेपालको मौलिक संवत्को रुपमा रहेको नेपाल संवत्ले सबै नेपालीहरुमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास लिएको छु”, राष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले नेपाल संवत्को नयाँ वर्षले सबैमा नयाँ जोश, जाँगर, उत्साह र उमङ्ग थप्दै मुलुक र मुलुकवासीमा राष्ट्रिय एकता र समृद्धिको सन्देश दिन सकोस् भन्दै सबैमा हर्षोल्लासको कामनासहित हार्दिक शुभेच्छासमेत व्यक्त गरेकी छन् ।

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् । नेपाल संवत् ११४० को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपाल संवत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल संवत्का प्रवर्तक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उहाँको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको सन्देशमा उल्लेख गरेका छन् ।

शङ्खधर शाख्वाले गरीबहरुको ऋण मोचन गरिदिएको खुशियालीमा यो संवत् शुरु गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “यसको शुरुवात जसरी विपन्नताविरुद्ध वर्गीय खाडललाई पुर्ने अभिप्रायबाट भएको हो, त्यही अभिप्रायलाई पछ््याउँदै हामीलाई विपन्नता र गरीबी विरुद्ध लड्न नेपाल संवत्को नयाँ वर्षले मद्दत पुर्याओस् ।”

“हामी कहाँ भएको असमानताको खाडल पुर्न र एकतालाई मजबुत पार्न मद्दत पु¥याओस् । म सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ओली सरकारले गरेको संसद विघटनलाई पुनःस्थापनाबाहेक अन्य सवालमा न्यायालयाले हस्तक्षेप गरेनः सांसद पौड्याल

काठमाडौँ । ६ वर्षअघि निकै उत्साहका साथ राष्ट्रियसभा सदस्यको जिम्मेवारी सम्हालिरहँदा सांसद डा

प्रधानमन्त्रीसँग वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी

एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे तीन दलका शीर्ष नेताबीच छलफल

  काठमाडौँ ।  नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत

मन्त्रीहरुबाटै प्रधानमन्त्रीलाई सहयोग भएनः प्रवक्ता सापकोटा

  भक्तपुर ।  नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको