उपनिर्वाचनमा अन्तर्घात भए सह्य हुन्नः सभापति देउवा



भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताउनुभएको बताएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति भक्तपुरले सोमबार भक्तपुरको दूधपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले गत चुनावमा जस्तो आगामी उपनिर्वाचनमा पनि पाटीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने बताएका हुन् ।

उनले पार्टी अब गुट उपगुटबाट माथि उठेर एकजुट हुनुको विकल्प नभएको बताए । आगामी उपनिर्वाचनलाई ‘मिनी जनमत’ सङ्ग्रहको सङ्ज्ञा दिँदै उनले जनमत काङ्ग्रेसतर्फ मोडिएको छ भन्ने सन्देश दिन र पार्टी एकताको सन्देश भक्तपुरबाट दिन कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा सभापति देउवाले जिल्ला कार्यसमितिले प्रकाशन गरेको ‘जय नेपाल स्मारिका २०७६’ को विमोचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा छ, अब रोजगारीका अवसर सृजना गर्ने योजना बनाऔंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादकत्व र उद्यमशीलता वृद्धिगरी गरिबी निवारणलाई

कुशासनविरुद्ध एकीकृत समाजवादीद्वारा आन्दोलन घोषणा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार काठमाडौंमा

किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका

मुलुकमा सुशासन कायम गर्नका लागि तपाईको सुझाव के छ ?

काठमाडौँ । नेकपा एमालेको पूर्वपोलिटब्युरो सदस्य विमला घिमिरे राष्ट्रियसभाको उपाध्यक्ष छिन् । उनी