सरकार अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गर्न थाल्योः देउवा



काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतान्त्रिक हक अधिकारलाई संकुचित बनाउन खोजिरहेको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति देउवाले अभिव्यक्ति स्वतन्त्रतालाई समेत सरकारले संकुचित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यस्ता षड्यन्त्रलाई निष्तेज पार्ने गरी तयारी अवस्थामा रहन पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, नेपाली जनताको बोल्न, लेख्न, संगठन खोल्न पाउने लगायतका प्रजातान्त्रिक अधिकारहरुको रक्षा गर्ने दायित्व पार्टीका तरुण र युवाहरुको काँधमा आएकाले सोही अनुसारको जिम्मेवारी पूरा गर्न सक्ने गरी आफ्नो संगठनलाई सशक्त बनाउन पनि तरुण दललाई निर्देशन दिए ।

‘नेपाली जनताको स्वाभिमानका साथ बाँच्न पाउने जो अधिकार छ, मुलुकको राष्ट्रिय एकतालाई अक्षुण्ण राख्नु पर्ने कामहरु गर्नुपर्ने बेला आएको छ,’ देउवाको निर्देशन थियो, ‘ सो जिम्मेवारी पूरा गर्न पार्टीका तरुण र युवा विद्यार्थीहरुलाई तयार रहन म आग्रह गर्दछु ।’

सभापति देउवाले ६६ वर्ष अघि तरुण दल स्थापनाकै दिन पारेर राजा महेन्द्रले पहिलो जननिर्वाचित सरकारका प्रधानमन्त्री विपी कोइरालालाई जेल चलान गरेर मुलुकमा फेरी निरंकुशता लादेको पनि स्मरण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा