सरकार लोकतन्त्र मास्न उद्धत रहेको देउवाको आरोप



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको बताएका छन् । लामो लडाइँपछि प्राप्त अधिकारको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्ने उनको जोड छ ।

कांग्रेस काठमाडौं क्षेत्र६ ले आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले भने, ‘सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ, लोकतन्त्रको रक्षाका लागि काङ्ग्रेस एकजुट हुनुपर्छ ।’

सरकारले संविधानको मर्म र भावनाविपरीत जनताको अधिकारलाई कुण्ठित गर्न खोजेको उनको आरोप छ ।कांग्रेस सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अगाडि बढ्न आफू गम्भीर बताए । पार्टीभित्र अन्तर्घात बढेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको भन्दै उनले चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने बताए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी दिनमा लगातार तीन निर्वाचन जित्ने गरी काङ्ग्रेस सङ्गठन विस्तारमा लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा सरकारलाई पूर्णता दिन्छौंः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन्

केन्द्रदेखि प्रादेशिक सरकारकाबारेमा छलफल गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष

निमुखालाई न्याय, विपन्नलाई आयको वातावरण मिलाउनुपर्छः राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा आएको राजनीतिक परिवर्तनको आभास विपन्न नागरिकले महसुस

उपनिर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आब्हान