कास्की क्षेत्र नम्बर दुईमा राजनी केसी साझा पार्टीको उम्मेदवार



काठमाडौं । साझा पार्टीले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिकाकी पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार चयन गरेको छ ।

यही कार्तिक ५ र ६ गते पोखरामा बसेको साझा पार्टीको केन्द्रीय समितिको बैठकले केसीलाई उम्मेदवार चयन गरेको हो । उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जानकारी दिएका छन् ।

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियानकर्ता हुन् ।

उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन् ।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं । नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत ‘कोभिड—१९ को अवस्था र

‘अझै पनि धारा ७६(५)बमोजिम सरकार बनाउन सकिन्छ, सोचौं!’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा

स्वास्थ्य अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले भने-‘समस्या भए भन्नुपर्यो, कोल्याप्स भयो त भन्नुभएन नि’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । राप्रपाका अध्यक्षत्रयको शनिबार