नेकपा (क्रान्तिकारी माओवादी)ले उपनिर्वाचन बहिष्कार गर्ने



काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले आगामी मंसीर १४ गते हुने उपनिर्वाचन बहिष्कार गर्ने भएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले सोमबार काठमाडांैमा पत्रकार सम्मेलन गरी उपनिर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

निर्वाचन आयोगले तीन वटै तहको विभिन्न ५२ वटा स्थानमा हुने उपनिर्वाचनका लागि कार्यतालिका समेत सार्वजनिक गरेपछि बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले उपनिर्वाचन सशक्त रुपमा बहिष्कार गर्ने घोषणा गरेको हो ।

देश, जनता र क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन नदिने भएकाले निर्वाचन सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरिएको पार्टीका नेता सिपी गजुरेलले जानकारी दिए । नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल बनाएर यस अघिको संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा भाग लिएको थियो ।

तर अव हुने उपनिर्वाचनले जनता र देशको समस्या समाधान नगर्ने भएकाले उपनिर्वाचन बहिष्कार गर्ने निर्णय पार्टीले लिएको नेता गजुरेलको भनाई छ । नेता गजुरेलले यो सरकार, व्यवस्था र संविधान टिक्ने अवस्था नरहेको पार्टीको निष्कर्ष रहेको दावी गर्दै त्यसको विकल्प खोजी गर्ने चेतावनी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सदनको अवरोध हटाउन माओवादीले सत्तापक्ष र अन्य प्रतिपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदको गतिरोध अन्त्यका लागि अधिकतम प्रयास गर्ने भएको

प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

राइड शेयरिङमा जसरी केन्द्रले प्रदेशलाई हस्तक्षेप गर्न थाल्यो भने कसरी चल्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले वर्तमान सरकार गठनका बेला

पारिवारिक तनावमा परेकोले हो सामाजिक सञ्जालमा मुख छाड्नेः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा