बुद्ध एयरको काउन्टर तोडफोडको आरोपमा पक्राउ परेका सांसद साधारण तारेखमा रिहा
काठमाडौं । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय जनता पार्टी सांसद प्रमोदकुमार साह साधारण तारेखमा रिहा भएका छन् ।
जिल्ला अदालत धनुषाका न्यायाधीश तेजनारायण पौडेलको इजलासले शुक्रबार सांसद साहलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
विमान उडानमा ढिलाइ भएको भन्दै गत सोमवार जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा सांसद साह मंगलबार काठमाडौंबाट पक्राउ परेका थिए । पक्राउ पछि उनलाई प्रहरीले धनुषा लगेको थियो ।