काङ्ग्रेसले गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई कात्तिक १ र २ गते प्रशिक्षण दिने



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी कात्तिक १ र २ गते प्रशिक्षण कार्यक्रम गर्दैछ ।

काङ्ग्रेसले पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको पार्टी कार्यालय सचिव मुक्ति आचार्यले जानकारी दिए ।

प्रशिक्षणमा देशभरबाट ४०० भन्दाबढीको सहभागिता हुनेछ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कृषि विकास बैंकको तालीम केन्द्रमा हुने उक्त प्रशिक्षण उद्घाटनका लागि पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई आमन्त्रण गरिएको पार्टी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति भेट्न प्रधानमन्त्री शीतलनिवासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास गएका छन्

राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा नदिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने भएका छन् । कांग्रेस र

नयाँ गठनबन्धमा सहभागी नहुने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ गठनबन्धमा सहभागी नहुने निर्णय गरेको छ ।