राष्ट्रपति भण्डारी आजदेखि म्यान्मा भ्रमणमा जाँदै



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मारका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमणका आज त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछिन् । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् ।

म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ ।

दक्षिण एशियाको नेपाल र दक्षिणपूर्वी एशियामा पर्ने म्यान्मा र दुवै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक)का सदस्य हुन् ।

नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्ति्निधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० (सन् २०१४ मार्च ४) मा भएको बिम्स्टेक सम्मेलनका बेला ‘स्वर्णभूमि’मा प्रधानमन्त्रीस्तरमा भ्रमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको छैन । सन् १९८९ अघि बर्मा नाम रहेको म्यान्माको राजधानी सन् २००६ देखि यङ्गोनबाट नेपित सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिङछोङबाट प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान

अध्यक्ष नेपालको नेतृत्वमा  समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार

अभियन्ता ईः ले उठाएका मागमा कमल थापाको ऐक्यबद्धता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जवाफदेहीताको माग गर्दै आठ दिनदेखि लगातार

जनतासमक्ष एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ

काठमाडौं ।  नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर