रिजालमाथि भएको आक्रमणको कांग्रेसद्वारा निन्दा



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा गएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छिङछोङबाट प्रधानमन्त्री दाहाल ल्हासा प्रस्थान

छिङछोङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान

अध्यक्ष नेपालको नेतृत्वमा  समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार

अभियन्ता ईः ले उठाएका मागमा कमल थापाको ऐक्यबद्धता

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जवाफदेहीताको माग गर्दै आठ दिनदेखि लगातार

जनतासमक्ष एउटै पनि कामै गर्न सकेनौँ भन्ने कि लुकेर यतै बस्ने भन्ने अवस्था छ

काठमाडौं ।  नेपाली राजनीतिक क्षेत्रमा सम्मानभावले हेरिने राजनीतिज्ञ चित्रबहादुर केसी भन्छन्, चुनाव जितेर