रवीन्द्र मिश्र भन्छन् -साझा पार्टी राजनीतिक एजेण्डामा मुलुकको पहिलो पार्टी



सिरहा । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनताको मुल एजेण्डा सार्वजनिक रुपमा उठाउन सक्ने हिसावले साझा पार्टी मुलुकको पहिलो राजनीतिक शक्ति भएको वताएका छन् ।

साझा पार्टी सिरहाको संयोजक घोषणा तथा नागरिक सम्बोधन कार्यक्रमलाई गोलबजारमा सम्बोधन गर्दै संयोजक मिश्रले प्राविधिक रुपमा पाँचौ स्थानमा भएपनि राजनीतिक रुपमा पहिलो पार्टी भएको दावी गरेका हुन् ।

विना संगठन पार्टी निर्माणकै अवस्थामा पुराना पार्टीलाई पछि पार्दै हाम्रो पार्टी पाँचौ स्थानमा आउनु जनताको ठूलो साथ हो मिश्रको भनाई छ ।

मधेश काठमाडौ र प्रदेश सरकार दुवैवाट पीडित भएको भन्दै शिक्षामा सवैभन्दा ठुलो लगानी नगरेसम्म मधेशको विकास असम्भव हुने मिश्रको भनाई छ ।

फरक प्रसंगमा संयोजक मिश्रले संविधानलाई नाघेर हिंसात्मक गतिविधिमा लागेको विप्लव माओवादीलाई सरकारले प्रतिवन्ध लगाउनु स्वभाविक भएको बताए । उनले हिसांत्मक गतिविधि र बम विष्फोट गराउनु शान्ति विरोधी गतिविधि भएको उनले बताए ।

भेलाले सिरहा जिल्ला संयोजकमा स्थानी पार्टी अगुवा धनपति महतोलाई चयन गरेको छ । समारोहमा पार्टीका केन्द्रीय सदस्य मुमाराम खनाल,प्रकाशचन्द्र परियार,अब्दुश मियाँ लगायतको सहभागिता थियो । प्रदेश नं २ मा सिरहा पार्टीको पहिलो औपचारिक जिल्ला संगठन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रधानमन्त्रीज्यू, मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईंलाई थाहा छ’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारलाई जनताको मुख थुन्ने भन्दा

सरकारमा सहभागिताका विषयमा छलफल गर्न जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल गर्न जनता समाजवादी

कुनै किसिमको कमीकमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैनः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसलाई अब कुनै पनि

दलीय संकीर्णताबाट बाहिर निस्केर संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलहरूले तत्कालको नाफा घाटा नहेरी शान्ति