गगन थापाले भने -उपेन्द्र यादवले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा



धनुषा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जतको परकाष्ठा भएको बताएका छन् । नेता थापाले सत्तामा बसेर सरकारको निर्णयको बर्खिलापमा उत्रिने उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई गाईजात्रे शैलीको सङ्ज्ञा दिँदै आलोचना गरे ।

सरकारमा बसेर संविधान दिवस यही असोज ३ गते देशभर हर्षउल्लासका साथ मनाइरहँदा समाजवादी पार्टीले बहिष्कार गरेको थियो । यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य थापाले आपत्ति जनाए ।

जनकपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता थापाले प्रदेश नम्बर २ को सरकारतर्फ सङ्केत गर्दै भने, “उपप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष यादवसँग भिड्न नसक्ने प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले सरकारमै बसेर विरोधाभाष अभिव्यक्ति दिनु निर्लज्जताको पराकाष्ठा हो ।”

थापाले अधिकारको नाममा लडिरहेको देखाउन जनतालाई भ्रममा नपार्न प्रदेश सरकारलाई आग्रह गर्दै आफ्ना अध्यक्षसँग लडेर सङ्घीय सरकारबाट बाहिरिएर देखाउन चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री ओली

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण

कस्तो रह्यो परराष्ट्रमन्त्रीको एक वर्ष ?

काठमाडौं । परराष्ट्र मन्त्रालयमा डा आरजु राणा देउवाले कार्यजिम्मेवारी सम्हालेको मंगलबार एकवर्ष पुगेको

आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा मन्त्री प्रधानमन्त्रीसँग मिठा गरेर मन्त्रिपरिषदमा भाग लिन्छन्ः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्

आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक