चीनको सहयोगको चौथो चरणको राहत सामग्री काठमाडौंमा


काठमाडौँ । चीन सरकारको सहयोगमा नेपालका लागि पठाइएको आपत्कालीन राहत सामग्रीको चौथो खेप मंगलबार काठमाडौं आइपुगेको छ।

चिनियाँ जनमुक्ति सेना (पीएलए) को विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् ।

चौथो खेपमा उद्धारका लागि प्रयोग हुने होभरक्राफ्ट, स्टेनलेस स्टिल स्थायी चुम्बकीय बाढी पम्प, अतिरिक्त ब्याट्री, शव राख्ने फ्रिजर र सौर्य ऊर्जाबाट चल्ने बत्तीलगायत सामग्री छन् ।

नेपालका तत्कालीन आवश्यकता र विपद् प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राखेर सामग्री छनोट गरिएको जनाइएको छ । यी सामग्रीले प्रभावित क्षेत्रमा आपतकालीन उद्धार तथा राहत कार्य सञ्चालनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।