–रामकुमारी झाँक्री
परि आउँदा छातीमा गोली थाप्न तयार भएरै यो परिवर्तनको आन्दोलनमा होमिएको मान्छे हुँ । त बतासेको गालिले मलाई केही फरक पर्दैन। त८हरू जति पनि मेरो वालमा कराउन आउँछौ नि मेरो लागि फगत नम्बर मात्र हो । केही समय बोलिएन, कारण अनेक थिए नबोल्नुको पछाडि। तर आजबाट स्पष्ट बोल्दै जानुपर्ने भयो। सुनिबक्स्योस् प्रधानमन्त्री बालेन ज्यू! बिदाको दिन तिम्रो श्रीमती सरकारी गाडी चलाएर हिँडेको बेला प्रहरी चेकिङमा परिन् अरू सर्वसाधरण जस्तै । त्यसको रिसले तिमीले सिंहदरवार चलाउने चेतावनी दियौँ । Finally तिम्रा IQ लेबल Zero भएका समर्थकद्वारा अन्ततः सिंहदरबार जलाएरै छोड्यौ ।
आज तिम्रो अहङ्कारले समयमा उद्दार नपाएर सुरूङमा हजारौ मानिसहरूले ज्यान गुमाउने अवस्था आयो । कि यो पनि ३५ वर्षले हो ? विद्युत प्राधिकरणका एक स्टाफकी श्रीमतीले आफ्नो सुरूङमा फसेंको श्रीमानको छिटो उद्दार हुन सके ज्यान बचाउन सकिन्थ्यो भनेर सरकार उद्दार छिटो गरियोस्, नेपालले सक्दैन र प्रविधि छैन भने विदेशी सहयोग लिएर भए पनि बचाउनुपर्यो भन्दा यो तहको हिंसा तिनै पीडित महिला माथि?
तिमीहरू समाज कता लाँदैछौं ? कस्तो समाज बनाउदैछौँ ? र, म यो पनि भन्छु गत वर्ष भाद्र २३/२४ मा बुढी मात्र फालेको हो भाइ डोको त्यही छ । बिहान ८ः४५ मा बाढी आउने सूचना पाएको तँ हरूले समयमा नै सूचना जारी गरेको भए यति धेरै धनजनको क्षति हुने थिएन । त हरूको यस्तो के को अहङ्कार हो ? राजाले पनि जनताको अगाडि श्रीपेच फुकालेर गएको देश ईतिहाँस छ हामीसंग। अनि सरकारको अहङ्कार र अकर्मणताले गर्दा आफ्नै कम्पनीलाई उद्दारमा काम गर्न दिएन । ढिलो उद्दार गर्नु भनेको लास मात्र उठाउनु हो ।
त हरूले कति मान्छे मार्यौ ? के यो हत्याको जिम्मा लिनु पर्दैन ? विपद टारेर टारिने कुरा थिएन तर समयमा सूचना र समन्वय भएको भए अबस्था यस्तो भयाबह हुने थिएन। यति घेरै फसेको व्यक्तिको ज्यान लिने हत्यारा को ? अब बलत्कारपछि हत्या गरिेएकी बालिकाका बाबुआमाले जस्तै सरकारसँग हामी खुसी छौं सन्तुष्ट छौं भन्दिनु पर्ने हो भोटेकोसी बाढीका भिक्टिमहरूले?
मर्ने मान्छेहरू, हराउने मान्छेहरू आफ्नो दिन आएर हराएका हुन् । बाढी पहिले पनि आउँथ्यो अहिले पनि आयो। फेरि पनि विपद आउला । तर सरकारले, बालेनले जे गरे, जे सोचे ठिक सोचे, उनि नै नायक हुन् । उनले सोचें जस्तै सबैले एउटै कुरा सोच्नुपर्छ भन्नु पर्ने हो हामी सबैले ? कि सरकारलाई १०० पूर्णाङ्कमा १००० नम्बर दिन Trend चलाउने हो अब ?
अब बोल्न सुरू गरौँः हत्यारा को हो ? प्रकाश सुवेदीको ‘सो’मा बालेनलाई बालेनका समर्थकले नै एक दिन अप्ठ्यारो पार्ने छन् भनेर बोलेकै भरमा मेरो घरमा परिवारलाई भित्रै पारेर आगो लाउन आएको होइन र त हरू ?

प्रतिक्रिया