काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरणमाथि प्रश्न उठाएका छन् ।
सामाजिक संजालमार्फत आचार्यले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन् । उनले ‘एकद्वार प्रणाली’ प्रभावकारी रूपमा कार्यान्वयन भएको हो वा स्थानीय तथा प्रदेश सरकारप्रतिको अविश्वासका कारण सबै जिम्मेवारी नेपाली सेनामाथि थोपारिएको हो भन्ने प्रश्न गरेका छन्।
आचार्यले नेपाली सेनाको प्राथमिक जिम्मेवारी विपद्का बेला उद्धार तथा नागरिकको ज्यान जोगाउनु रहेको उल्लेख गर्दै राहत वितरणको जिम्मेवारीबारे पनि प्रश्न उठाएका छन्।
‘सेनालाई उद्धार कार्यमा मात्रै केन्द्रित गरेर स्थानीय तह, प्रदेश सरकार र आम नागरिकको समन्वयमा राहत वितरणको व्यवस्था गरिएको भए यस्तो अवस्था आउनुपर्ने थियो र?’ उनले प्रश्न गरेका छन्।
विपद् व्यवस्थापनमा सम्बन्धित सबै पक्षलाई स्पष्ट जिम्मेवारी दिई प्रभावकारी प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिँदै आचार्यले त्यसो नगरे आगामी दिनमा पनि यस्तै समस्या दोहोरिन सक्ने बताएका छन्।

प्रतिक्रिया