त्रिशूली–३ ‘ए’ को सुरुङबाट एक जनाको जीवितै उद्धार


काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ । सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार टोलीले खोजी तीव्र बनाएको थियो ।

नेपाली सेनाले आज बिहान सुरुङभित्र मानिसको आवाज सुनिएको संकेत पाएपछि उद्धार प्रयासलाई थप केन्द्रित गरेको थियो । सुरुङभित्र अझै केही व्यक्ति फसेको आशंकामा नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी तथा उद्धार अभियान जारी राखेको छ।