नारायणगढ–मुग्लिन सडकमा राति १० बजेपछि सवारी संचालनमा रोक


चितवन । भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा गाडी चलााउन रोक लगाएको छ ।

अर्को सूचना जारी नहुँदासम्म काठमाडौं जाने आउने यी मुख्य सडकमा गाडी नचल्ने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् ।