सरकारप्रति गोकुल बास्कोटाको कटाक्षः ‘स्वर्णिम युग’ आउने कुरा महाकवि देवकोटाले उहिल्यै भनेका हुन्


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले सरकारको काम गराईप्रति असन्तुष्टि जनाएका छन् । प्रतिशोध राखेर विपक्षी दलका नेता पक्राउ र कर वृद्धिप्रति असन्तुष्टि जनाएका हुन् ।

उनले भनेका छन्, ‘दशी नभए पछि दादागीरी आफैँ ढल्दो रहेछ । आजबाट क का कि कि सिक्न, श्वास फेर्न, उज्यलोमा बस्न, हिँडडुल गर्न, पानी पिउन पनि अनेक कर तिर्नपर्ने फर्मान भुल्न भएन । स्वर्णिम युग आउने कुरा महाकवि देवकोटाले उहिल्यै भनेका हुन् । यता बजार सखाप हुँदा अमेरिकाले भकुण्डो खेलबाट १७.२ अर्ब डलर कमाएछ ।ऋण पक्का ल।’

सरकारले यस आर्थिक वर्षबाट शिक्षामा समता कर र विद्युतमा पनि उपभोक्ताबाट कर लगाएको छ । सरकारको यो निर्णयको सर्वत्र विरोध भइरहेको छ ।